वर्तमान समस्या समाधान गर्न जेनजी कर्णाली प्रदेशको यस्तो छ माग

वर्तमान समस्या समाधान गर्न जेनजी कर्णाली प्रदेशको यस्तो छ माग
+
-

हुम्ला – जेनजी कर्णाली प्रदेशले वर्तमान समस्या समाधानका लागि नौ बुँँदे माग राखेको छ। जेनजी कर्णालीले विज्ञप्ति जारी गर्दै आफ्ना माग सार्वजनिक गरेको हो।

जेनजी कर्णालीले बिहीबार बिहान साढे ११ बजे सार्वजनिक गरेका मागमा वर्तमान संसद विघटन गरी जेनजीको समर्थनमा अन्तरिम सरकार गठन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, अभिभावकका रुपमा राष्ट्रपतिको सट्टा राजालाई राजगद्दी आरोहण, प्रदेश संरचना खारेज, स्थानीय र संघ मात्र राख्ने, नेपाललाई पाँच विकास क्षेत्र, चौध अञ्चल र ७५ वटा जिल्ला राख्ने, जेनजी पुस्ता समेट्ने गरी ६ महिनाभित्र संघीय संसदको निर्वाचन घोषणा, ज्ञान सीप र क्षमताका आधारमा रोजगारीको ग्यारेन्टी, निजामती कर्मचारीको पाँँच–पाँच वर्षमा परीक्षा लिएर योग्यताका आधार घटुवा र बढुवाको व्यवस्था गरिनुपर्ने र कुनै पनि पत्रकार, चिकित्सक, शिक्षक, विद्यार्थी र कर्मचारीको दलीय संगठनमा निषेध रहेका छन्।

यदि यी माग पूरा नभई बार्तामा कुनै किसिमको राजनीति र भेदभाव गरियो भने फेरि आन्दोलनमा जान बाध्य हुनेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ। जेनजी कर्णाली प्रदेश १० औं जिल्ला भनेर सुनील शाहीको नाम मात्र उल्लेख गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?