
काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ। बिहीबार बेलुका काठमाडौँको महाराजगञ्जमा दीप प्रज्वलन गरिएको हो।
जेन–जी आन्दोलनका क्रममा सरकारको बर्बर दमनबाट केयौँ युवाहरूले ज्यान गुमाएका छन्। भदौ २३ गते नयाँ बानेश्वरमा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १७ जना र इटहरीमा दुई जनाको गरी एकैदिन १९ जनाले ज्यान गुमाएका थिए। हालसम्म ३४ जनाको मृत्यु भइसकेको छ।
भदौ २३ गते व्यापक दमन भएको विरोधमा २४ गते देशभर आन्दोलन उग्र बनेको थियो। त्यसक्रममा संसद् भवन, सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायत विभिन्न सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो।
तस्बिरः नेपाल फोटो लाइब्रेरी।