काठमाडौँ- प्रहरी प्रमुख चन्द्र कुबेर खापुङले नियमित कार्यमा उच्च मनोबलका साथ जुट्न प्रहरी सहकर्मीहरूलाई आग्रह गरेका छन्।
उनले बिहीबार साँझ एक भिडियो सन्देश जारी गर्दै आन्दोलनमा ज्यान गुमाएका प्रहरी सहकर्मीहरू र आन्दोलनकारीप्रति हार्दिक श्रद्धाञ्जलि पनि प्रकट गरेका छन्।
उनले एकातर्फ सहकर्मी अधिकृत र जवानहरूको सहादत तथा अर्कातिर कैयौँ आन्दोलनकारी किशोर तथा युवा मारिँदा दुख लागेको उल्लेख गर्दै भनेका छन्- ‘नेपालीको रगत बगेको छ। नेपाल आमाको कोख रित्तिएको छ।’
उनले प्रहरीको धर्म र प्रतिज्ञा राष्ट्र र नागरिकको सेवा र सुरक्षा भएको उल्लेख गर्दै भनेका छन्- मानिसको पहिचान कठिन समयमा नै हुन्छ। कठीन समयमा निरन्तर निष्ठा र प्रतिबद्धता देखाउनुपर्छ।’
उनले पेशा र सुरक्षित वातावरणमा फर्कने परिस्थिति निर्माण गर्नुपर्ने दायित्व प्रहरीमाझ रहेको पनि उल्लेख गरेका छन्।
उनले भनेका छन्- कार्यालय जलेका छन्, पोशाक जलेका छन्, सहकर्मीप्रति गौरवबोध गरेको छु।’
उनले नियमित प्रहरी कार्यमा उच्च मनोबल र साहसका साथ जुट्न सबैसँग विशेष आग्रह पनि गरेका छन्।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































