
काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेकी छन्।
उनी शनिबार दिउँसो घाइतेहरूको उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टर पुगेकी हुन्।
अस्पतालमा उनले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
कार्कीलाई जेनजीको समर्थनमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।