काठमाडौँ – विघटित प्रतिनिधिसभाका ८ दलले संसद् विघटन तत्काल फिर्ता लिन माग गरेका छन्।
आठ दलका प्रमुख सचेतकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै संसद् विघटनले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संविधान र संवैधानिक सर्वोच्चतामाथि प्रहार गरेको जिकिर गरेका छन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी, जनता समाजवादी पार्टीका विरेन्द्र प्रसाद महतो, लोकतान्त्रिक समाजवादीका रामप्रकाश चौधरी, नागरिक उन्मुक्तिकी रञ्जिता चौधरी र जनमतकी प्रमुख सचेतक अनितादेवीले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने विज्ञप्तिमा हस्ताक्षर गरेका छैनन्।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































