
काठमाडौँ – जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना काठमाडौँको बौद्ध स्तुपामा दीप प्रज्वलन गरिएको छ।
स्वतन्त्र रुपमा भेला भएकाहरूले शनिबार साँझ दीप प्रज्वलन गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन्।
त्यसक्रममा उनीहरूले घाइतेहरूको स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
जेन–जी आन्दोलनका क्रममा सरकारले दमन गर्दा सोमबार एकैदिन १९ जनाको मृत्यु भएको थियो। हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी।