प्रधानमन्त्री कार्कीले बढाइन् प्रहरीहरूको मनोबल

प्रधानमन्त्री कार्कीले बढाइन् प्रहरीहरूको मनोबल
+
-

प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका काठमाडौँका विभिन्न प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गरेकी छन्।

उनले शनिबार गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग कोटेश्वर कार्यालयको अनुगमन तथा निरीक्षण गरेकी हुन्।
निरीक्षणका क्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले प्रधानमन्त्री कार्कीलाई घटनाबारे जानकारी गराएका थिए।
प्रधानमन्त्री कार्कीले उच्च मनोबलका साथ काममा फर्कन प्रहरीहरूलाई आग्रह गरेकी थिइन्।
प्रधानमन्त्रीसँग प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च प्रहरी अधिकारी पनि थिए

जेनजी आन्दोलनका क्रममा उपत्यका प्रहरी कार्यालय मातहतका अधिकांश प्रहरी कार्यालयहरू जलेका छन्। महाराजगञ्ज र कोटेश्वर प्रहरी वृत्तमा ३/३ प्रहरीको ज्यान गुमेको थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’