झुम्का कारागारबाट भागेका चार जना कैदी झापाबाट पक्राउ

झुम्का कारागारबाट भागेका चार जना कैदी झापाबाट पक्राउ
+
-

झापा- सुनसरीको झुम्का कारागारबाट भागेका चारजना कैदीलाई झापाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।

बुधबार राति करिब १०:४० बजे, भारततर्फ जाँदै गरेका दुई जना कैदीलाई भारतीय सुरक्षाकर्मी (एसएसबी)ले पानीटेंकीमा नियन्त्रणमा लिएका थिए।

उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको गस्ती टोलीलाई बुझाइएको थियो। पक्राउ पर्नेमा लागूऔषध मुद्दाका शिव सरदार (३०) र कर्तव्य ज्यान मुद्दाका शत्रुकुमार राजवंशी (३२) रहेका छन्। सरदार सुनसरी, इटहरीका हुन् भने राजवंशी झापा, मेचीनगरका हुन्।

बुधबार दिउँसो २:१५ बजे, मेचीनगर–१५, कालिका सीमा क्षेत्रमा खटिएको गस्ती टोलीले कर्तव्य ज्यान मुद्दाका कैदी जयनारायण चौधरी (२९) लाई पक्राउ गर्‍यो। उनी भारततर्फ भाग्ने प्रयासमा थिए। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ।

बुधबार साँझ ७:४० बजे, सशस्त्र प्रहरी बलको गस्ती टोलीले गौरीगञ्ज–१, कुञ्जीबारी इलाकामा सहकारी ठगी कसुरका कैदी कृष्णबहादुर विश्वकर्मा (५६) लाई पक्राउ गरेको छ। उनी भोजपुरका हुन् र हाल धरानमा बस्दै आएका थिए। उनलाई प्रहरी चौकी कोरोबारीमा बुझाइएको छ।

यसअघि, काठमाडौँको कारागारबाट भागेका दुई कैदी पनि झापाको सीमा क्षेत्रबाट पक्राउ परेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?