अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सरकारकाे साथ चाहिन्छः नाडा

अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सरकारकाे  साथ चाहिन्छः नाडा
+
-
देशसञ्चार AI सारांश
  • नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले हालका घटनाक्रमले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष असर पारेको जनाउँदै सरकारको सहयोगको आवश्यकता रहेको बताएको छ।
  • शान्तिपूर्ण संवाद र सहमतिको बाटोबाट समस्याको समाधान खोज्न सकिनेमा विश्वास व्यक्त गर्दै सरकारलाई सहयोगको आह्वान गरेको छ।
  • नाडाले एकताबद्ध प्रयास र सकारात्मक संवादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

काठमाडाैँ –  नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सरकारकाे साथ आवश्यक रहेकाे बताएकाे छ।

देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको भन्दै आइतबार आफ्नाे धारणा सार्वजनिक गरेकाे हाे।

यस घटनाबाट प्रभावित सम्पूर्ण परिवारसँग गहिरो समवेदना प्रकट गरेकाे छ। नाडाले विज्ञप्ति जारी गर्दै भनेकाे छ, ‘जीवन गुमाउनुपर्ने पीडादायी घटनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौ। साथै, घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको लागि समेत हार्दिक प्रार्थना गर्दछौँ।’

हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेकाे जनाउँदै कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको नाडाले बताएकाे छ।

‘शान्तिपूर्ण सम्वाद र सहमतिको बाटोबाट हरेक जटिल र कठिन समस्याको समाधान खोज्न सकिन्छ भन्ने हाम्रो गहिरो विश्वास रहेको छ। साथै, सम्पूर्ण व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास, र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता व्यक्त गरेकाे छ।

‘हामी विश्वास गर्दछौं कि एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक सम्वादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्नेछ भन्ने विश्वास समेत लिएका छौ। नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ। अव छिटै मन्त्रिपरिषद समेत गठन हुने र यस सरकारले आउदो ६ महिनाभित्र आम निर्वाचन समेत सम्पन्न गर्ने जिम्मेवारी लिएको सन्दर्भमा आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्न यो सरकार सफल हुनेछ भन्ने कुरामा शुभकामना समेत व्यक्त गर्दछौँ ‘, विज्ञप्तिमा उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?