प्रदर्शनकारीलाई उग्र बनाउन स्टाटस लेखेको भन्दै पर्वतमा वडाध्यक्ष पक्राउ

प्रदर्शनकारीलाई उग्र बनाउन स्टाटस लेखेको भन्दै पर्वतमा वडाध्यक्ष पक्राउ
+
-

पोखरा – जेन–जी प्रदर्शनकारीलाई उग्र बनाउन सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै पर्वतमा एक जना वडाध्यक्ष नै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई आइतबार पक्राउ गरिएको हो । उनलाई वडा कार्यालयबाटै प्रहरीले पक्राउ गरेको छ।

विद्युत्तीय कारोबार ऐनअन्तर्गत तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टले बताए । जेन–जी प्रदर्शनमा घृणा फैलाउने गरेर सामाजिक सञ्जालमा लेखेको उनको भनाइ छ।

‘तस्करका संरक्षक भ्रष्ट जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टलाई समेत जेन–जी ले कारबाही गरोस् भनेर उग्र, घृण फैलाउने स्टाटस लेखे उनले’ विष्टले देशसञ्चारलाई बताए।

तिवारी फलेबास नगरपालिकाको प्रवक्तासमेत हुन् । उनी नेपाली पर्वतको पनि प्रवक्ता रहेका छन् ।
‘फलेवासका बालुवा तस्करहरू, तस्करका संरक्षकहरु र कारबाहि गरीपाउँ भनि पत्र बुझाउन जाँदा पत्र नबुज्ने डिएसपि रविन बिष्ट लगायत केही भ्रष्ट नेता तथा केही भ्रष्ट कर्मचारी यी भ्रष्टलाई समेत जेनजीले कारबाही गरिदिन्छ कि भन्ने आशा गरेको छु। प्रहरीले कारबाही नगर्ने भएपछि ?’, उनले सामाजिक सञ्जालमा लेखेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?