
काठमाडाैँ – हालैको जेनजी आम्दोलनपश्चात् काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाइ कार्यक्रम सुरु गरेको छ।
कम्पनीले साेमबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सरसफाइ गर्नुका साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचरसमेत सहयोग गरेको छ।
कम्पनीका अनुसार, वर्तमान विषम् परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै, आगामी दिनहरुमा समेत निरन्तर श्रमदान तथा सरसफाई कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय र शहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ।