चालु आवमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

चालु आवमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात
+
-
देशसञ्चार AI सारांश
  • चालु आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटा रु १ खर्ब १९ अर्ब ११ करोड पुगेको छ, जो २.५ प्रतिशतले वृद्धि भएको हो।
  • कूल वस्तु आयात ११.४ प्रतिशतले बढ्दा भटमासको कच्चा तेल, यातायात उपकरण र कोइला जस्ता वस्तुको आयात वृद्धि भएको छ।
  • निर्यात ९५.७ प्रतिशतले बढेर रु २३ अर्ब ९३ करोड पुगेको छ, विशेषगरी भारततर्फ १५६.७ प्रतिशत वृद्धिको योगदान छ।

काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा मुलुकको व्यापार घाटा रु १ खर्ब १९ अर्ब ११ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार यो घाटा अघिल्लो वर्षको सोही अवधिभन्दा २.५ प्रतिशतले बढेको हो ।

गत साउन महिनामा कूल वस्तु आयात ११.४ प्रतिशतले बढेर रु १ खर्ब ४३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा आयातमा ०.६ प्रतिशतले कमी आएको थियो । आयात मुलुकका आधारमा हेर्दा भारतबाट ७.५ प्रतिशत, चीनबाट १४.१ प्रतिशत, र अन्य मुलुकबाट २०.५ प्रतिशत वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायात उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, चामल/धान, कोइला, रासायनिक मलजस्ता वस्तुको आयात बढेको छ भने हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी पार्टस् र तेलहनको आयात घटेको छ ।

समीक्षा अवधिमा कूल वस्तु निर्यात भने ९५.७ प्रतिशतले बढेर रु २३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा निर्यात ९.६ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारततर्फ निर्यात १५६.७ प्रतिशतले बढेको छ भने चीनतर्फ ६५.२ प्रतिशत र अन्य मुलुकतर्फ १.४ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, अलैँची र जुटका सामानको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पिना र चियाको निर्यात घटेको छ ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १६.७ प्रतिशत पुगेको छ, अघिल्लो वर्ष यो अनुपात ९.५ प्रतिशत मात्र थियो । यस अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु १३ अर्ब ४३ करोड बराबरको वस्तु आयात गरिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु १३ अर्ब ९८ करोड थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?