२८ खर्ब ६ अर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति

२८ खर्ब ६ अर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति
+
-
देशसञ्चार AI सारांश
  • देशभित्रको विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब ६ अर्ब ४ करोड पुग्दा चार दशमलव आठ प्रतिशतले वृद्धि भएको छ।
  • अमेरिकी डलरमा सञ्चिति दुई दशमलव सात प्रतिशत बढेर २० अर्ब ३ करोड पुगेको छ।
  • बैंकिङ क्षेत्रका सञ्चिति २० दशमलव चार महिनाको वस्तु आयात धान्न पर्याप्त देखिएको छ।

काठमाडौँ- देशभित्रको विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार गत असार मसान्तमा सञ्चिति रु २६ खर्ब ७७ अर्ब ६८ करोड मात्र रहेकोमा साउन मसान्तसम्ममा चार दशमलव आठ प्रतिशतले वृद्धि भएको हो।

अमेरिकी डलरमा हेर्दा सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा साउन मसान्तमा दुई दशमलव सात प्रतिशतले बढेर २० अर्ब ३ करोड पुगेको छ।

राष्ट्र बैंकसँग मात्र रहेको विदेशी विनिमय सञ्चिति चार प्रतिशतले बढेर रु २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंकबाहेक)सँगको सञ्चिति १२ प्रतिशतले बढेर रु २ खर्ब ९४ अर्ब ५८ करोड पुगेको छ।

गत साउन मसान्तमा विदेशी मुद्रा सञ्चितिमध्ये भारतीय मुद्राको अंश २३ दशमलव चार प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको सञ्चिति २० दशमलव चार महिनाको वस्तु आयात तथा १६ दशमलव छ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको छ।

समीक्षा अवधिमा चालु खाता रु ७८ अर्ब १४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ३३ अर्ब ८ करोडले मात्र बचतमा थियो। यसैगरी, सो अवधिमा प्रत्यक्ष वैदेशिक लगानी रु ६९ करोड भित्रिएको छ भने अघिल्लो वर्षको सोही अवधिमा रु ८० करोड रहेको थियो।

शोधनान्तर स्थिति पनि यस अवधिमा रु ८९ अर्ब ३० करोडले बचतमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रु ४० अर्ब ९० करोड मात्र थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?