मन्त्रिपरिषदमा दलका प्रतिनिधि राख्न राष्ट्रपतिले दिएको सुझाव अस्वीकार गरेँ : प्रधानमन्त्री कार्की

मन्त्रिपरिषदमा दलका प्रतिनिधि राख्न राष्ट्रपतिले दिएको सुझाव अस्वीकार गरेँ : प्रधानमन्त्री कार्की
+
-
देशसञ्चार AI सारांश
  • अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक दल समावेश गर्ने सुझाव अस्वीकार गरेको बताएकी छिन्।
  • कार्कीले आफ्नो मन्त्रिपरिषदमा गैरदलीय व्यक्तिसँगै बढीमा ११ जना मात्र सदस्य हुने बताएकी छिन्।
  • कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई राष्ट्रपति पौडेलले फागुन २१ गते चुनाव गराउने म्याण्डेट दिएका छन्।

काठमाडौँ – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई दलका प्रतिनिधिसमेत राखेर मन्त्रिपरिषद विस्तार गर्न राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सुझाव अस्वीकार गरेको बताएकी छिन्।

बिबिसी नेपाली सेवासँगको कुराकानीका कार्कीले राष्ट्रपति पौडेलले दलका एक एक जना प्रतिनिधि राख्न सुझाव दिएको तर आफूले अस्वीकार गरेको बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘राष्ट्रपतिज्यूले हामीलाई के भन्नुभएको थियो भने हरेक राजनीतिक दलका एकएक जना सदस्य लिएर निर्वाचनको बृहत् मन्त्रिमण्डल बनाउनुस् भन्नुभएको थियो। मैले उहाँलाई त्यस्तो राम्रो हुँदैन भने। जो गैरराजनीतिक व्यक्ति हुन्छ उसलाई समावेश गर्नुपर्न हुन्छ। भनेँ।’

कार्कीले आफ्नो मन्त्रिरिषदमा गैरदलीय व्यक्तिसँगै बढीमा ११ जना मात्रै सदस्य हुने बताइन्। मन्त्रिरिषदलाई समावेशीसँगै बढीमा ११ जना मात्रै राख्ने तयारीमा आफू रहेको उल्लेख गरिन्। भनिन्, ‘अब हामीले गर्नुपर्नेमा चाहिँ समावेशी बनाउनुपर्ने छ। बढी मन्त्रिपरिषदमा १०/११ जना मात्रै बाँकी रहनेछन्। एक जनालाई दुईवटा भन्दा बढीको मन्त्रालयको जिम्मेवारी दिन्न।’

सरकारमा सोमबार रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा, सहकारी विकास र भौतिक पूर्वाधार र ओमप्रकाश अर्याल गृहमन्त्री भएका छन्।

जेनजी आन्दोलनका कारण कांग्रेस एमालेको समर्थनमा केपी ओलीको नेतृत्वमा बनेको सरकार जेनजी आन्दोलनका कारण ढलेपछि कार्कीको नेतृत्वमा शुक्रबार अन्तरिम सरकार बनेको हो। उनलाई राष्ट्रपतिले विधानको धारा ६१ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेर फागुन २१ गते चुनाव गराउने म्याण्डेट पाएकी छिन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’