
काठमाडौँ- जेन–जी पुस्ताको आन्दोलनमा घाइते भएका बिरामीहरुका लागि भनेर फास्ट फुड एशोसिएशन नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका घाइतेहरूलाई रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको एशोसिएशनका अध्यक्ष होमराज श्रेष्ठले बताए।
उनकाअनुसार बुधवार बिहान १० बजेदेखि २ बजेसम्म रक्तदान गर्न सकिनेछ । उनले उपचाररत युवाहरुलाई रगतको अभाव हुन नदिन रक्तदान गरी सहयोग गरिदिन सबैलाई आग्रहसमेत गरे ।
जेन–जी आन्दोलनका मृत्यु हुनेको संख्या ७३ पुगेको छ । सयौं युवाहरू उपत्यकाका विभिन्न अस्पतालहरुमा उपचाररत छन् ।
तस्बिरहरूः