डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडेल सार्वजनिक

डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडेल सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • डोङफेङ मोटरले कायरोमा आयोजना गरेको विशेष कार्यक्रममा नौ मोडेलका नयाँ गाडीहरू सार्वजनिक गरेको छ।

  • इजिप्टको बजारमा परम्परागत र न्यू इनर्जी गाडीहरूको विविधता प्रस्तुत गरी औपचारिक रूपमा प्रवेश गरेको छ।

  • नयाँ गाडीहरूको प्रदर्शनले अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने र इजिप्टसँग बलियो सम्बन्ध निर्माण गर्ने उद्देश्य राखेको छ।

काठमाडौं – डोङफेङमोटरले इजिप्टको कायरोमा साेमबार गरिएको एक विशेष कार्यक्रममा आफ्ना नौ वटा नयाँ मोडेल आधिकारिकरूपमा सार्वजनिक गरेको छ।

उक्त कार्यक्रममा “East Wind Infinite World” भन्ने थिममा इजिप्टइन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको थियो।

यस कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिडगाडीहरू प्रस्तुत गरिएको थियो। प्रस्तुत गरिएका मोडेलहरूमा MAGE ICE र SHINE ICE समावेश थिए भने DONGFENG BOX, DONGFENG 007, MAGE EV, VOYAH FREE, VOYAH DREAM, VOYAH PASSION र MHERO 917 जस्ता इलेक्ट्रिक तथा हाइब्रिड गाडीहरू पनि प्रदर्शन गरिएको थियो।

उद्घाटन कार्यक्रममा सरकारी अधिकारीहरू, व्यवसायी र अटोमोबाइल प्रेमीहरूको ठूलो सहभागिता रहेको थियो। आगन्तुकहरूले नयाँ डिजाइनहरू नजिकै बाट हेर्ने, नवीनतम प्रविधिबारे बुझ्नेर डिस्प्ले गरिएका गाडीको अनुभव लिने अवसर पाएका थिए। प्रदर्शनीका विभिन्न क्षेत्रमा डोङफेङका परम्परागत देखि लिएर न्यू इनर्जी गाडीहरू विशेष रूपमा प्रदर्शन गरिएका थिए।

यस लन्चसँगै डोङफेङ मोटरले इजिप्टको बजारमा औपचारिक प्रवेश गर्दैआधुनिक मोबिलिटी सोलुसन्सको बढ्दो माग पूरागर्न विविध उत्पादनहरूको श्रृंखला प्रस्तुत गरेको छ।नौ वटा मोडेलको यसलन्चले कम्पनीले परम्परागत र न्यूइनर्जी गाडीहरू दुवै प्रकारका ग्राहकहरूका आवश्यकतालाई मिल्ने गरी प्रस्तुत गरेको प्रष्ट भएको छ।

यस लन्चकार्यक्रमलाई डोङफेङको अन्तर्राष्ट्रिय उपस्थिति विस्तारगर्ने र इजिप्टको अटो मोबाइल बजार सँग अझ बलियो सम्बन्ध बनाउने दिशामा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?