खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्यका चामल पसल सञ्चालन

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्यका चामल पसल सञ्चालन
+
-
देशसञ्चार AI सारांश
  • खोटाङमा तीन स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्दै चाडपर्व लक्षित चामलको बिक्री सुरु गरिएको छ।
  • अरुवा सोना मन्सुली चामल प्रति किलो रु ६० मा र स्टिम जिरा मसिनो चामल रु ८५ मा बिक्री भइरहेको छ।
  • लिमिटेडले चाडपर्वका लागि सस्तो मूल्यमा चामल उपलब्ध गराई ग्रामीण भेगका स्थानीयलाई सहुलियत दिएको छ।

खोटाङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले जिल्लाका तीन स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ। दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै लिमिटेडले दिक्तेलबजारसहित ऐसेलुखर्क गाउँपालिका र खोटेहाङ गाउँपालिकामा चामलको सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो ।
जिल्लामा खोलिएका सुपथ मूल्यको पसल यही असोज १० गतेसम्म सञ्चालन लिमिटेड शाखा कार्यालयका प्रमुख सुजनबाबु आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित व्यापार कम्पनी लिमिटेडको कार्यालय र गोदाम, ऐसेलुखर्कमा डिपो कार्यालय तथा खोटेहाङ गाउँपालिकामा डिपो कार्यालयबाट सस्तो मूल्यमा चामल बिक्री सुरु गरिएको हो ।
यसअघि प्रतिकिलो रु ६५ मा बिक्री भइरहेको अरुवा सोना मन्सुली चामल डिपो कार्यालय ऐसेलुखर्क र खोटाङबजारमा हाल प्रतिकिलो रु ६० मा बिक्री सुरु गरिएको छ । यस्तै, प्रतिकिलो रु ९० मा बिक्री भइरहेको स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८५ मा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।
दिक्तेलबाट प्रतिकिलो रु ६४ मा बिक्री भइरहेको अरुवा सोना मन्सुली चामल अहिले प्रतिकिलो रु ५९ मा, प्रतिकिलो रु ९० मा बिक्री भइरहेको स्टिम जिरा मसिनो चामल रु ८५ मा र प्रतिकिलो रु ९० मा बिक्री हुँदै आएको स्तरोन्नति गरिएको स्टीम जिरा मसिनो चामल रु ८५ मा बिक्री सुरु गरिएको प्रमुख आचार्यले जानकारी दिए।
चाडपर्वको समयमा उपभोक्तालाई सस्तो मूल्यमा चामल उपलब्ध गराउँदै खाद्यवस्तुमा बजार मूल्य स्थिरीकरण गर्न सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख आचार्यले बताए। लिमिटेडले चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालन गरेपछि ग्रामीण भेगमा बसोबास गर्दै आएका स्थानीयलाई सहज भएको छ ।
अहिलेका लागि पाँच सय क्विन्टल चामल उपलब्ध रहेको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा वर्षभरिका लागि तीन हजार क्विन्टल चामल उपलब्ध हुने कार्यालय प्रमुख आचार्यले जानकारी दिए।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?