तेस्रो पटकको नेगेटिभ सर्किट ब्रेकसँगै आजका लागि बन्द भयो सेयर कारोबार

तेस्रो पटकको नेगेटिभ सर्किट ब्रेकसँगै आजका लागि बन्द भयो सेयर कारोबार
+
-
देशसञ्चार AI सारांश
  • जेनजी आन्दोलनपछि खुलेको सेयर बजारमा तीन पटक नेगेटिभ सर्किट ब्रेक लाग्दा आजको कारोबार स्थगित भएको छ।
  • नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १६० अंकले घट्दा, कुल कारोबार ७२ करोड ८७ लाख रुपैयाँमा सीमित भयो।
  • व्यापार समूह सबैभन्दा धेरै ९.३४ प्रतिशतले घटेको छ भने १६ कम्पनीको शेयर मूल्य १० प्रतिशतसम्म घटेको छ।

काठमाडौँ- जेनजी आन्दोलनपछि आज पहिलो पटक खुलेको सेयर बजारमा तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेको छ। ब्रेक लागेसँगै कारोबार आजका लागि स्थगित भएको छ।

दिनभर बजार ६ प्रतिशत घटेर नेप्से परिसूचक २५११ अंकमा झरेको छ भने कुल कारोबार ७२ करोड ८७ लाख रुपैयाँ मात्रै भएको छ।

सेयर बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घट्दा पहिलो सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार स्थगित भयो। त्यसपछि खुलेको बजारमा थप १ प्रतिशत गिरावट आएपछि कुल ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो।

बजार १२:०४ बजे पुनः खुलेको अवस्थामा कुल ६ प्रतिशत गिरावट आएपछि तेस्रो सर्किट ब्रेक लागेर आजका लागि कारोबार स्थगित गरिएको हो।

नेप्से परिसूचकमा १६० अंकको गिरावट आएपछि कारोबार केवल ४ मिनेट मात्रै सञ्चालन भएको थियो।

व्यापार समूह सबैभन्दा धेरै ९.३४ प्रतिशतले घटेको छ। अन्य समूहहरूमा क्रमशः होटल तथा पर्यटन ७.२४, लगानी ७.१८, बैंकिङ ५.५२, विकास बैंक ५.१३, फाइनान्स ४.५२, हाइड्रोपावर ५.४०, जीवन बीमा ६.६६, उत्पादन तथा प्रशोधन ५.०२, माइक्रोफाइनान्स ४.०८ र निर्जीवन बीमा ५.४२ प्रतिशतले घटेका छन्।

आज १६ कम्पनीको शेयर मूल्य १० प्रतिशतसम्म घटेको छ। दुई पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा पनि ठूलो गिरावटको प्रभावमा परेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?