प्रधानमन्त्री कार्कीले गरिन् भारतीय समकक्षी मोदीसँग फोन वार्ता

प्रधानमन्त्री कार्कीले गरिन् भारतीय समकक्षी मोदीसँग फोन वार्ता
+
-

काठमाडौं-  प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार बिहान टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्कीको नेतृत्वलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

फोन वार्तापछि मोदीले सामाजिक सञ्जालमा सार्वजनिक गरेअनुसार अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग उनको संवाद आत्मीय भएको छ।

मोदीले प्रधानमन्त्री कार्कीसँगको कुराकानीमा जेनजी युवा आन्दोलनमा भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारमा समवेदन पनि प्रकट गरेको आफ्नो पोस्टमा उल्लेख गरेका छन्।

उनले असोज ३ गतेको नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत दिएका थिए।

मोदीले कार्की प्रधानमन्त्री भएको भोलिपल्ट शनिबार मणिपुरमा आयोजित सार्वजनिक समारोहमा नेपालमा बनेको नयाँ सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रधानमन्त्री सुशीला कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५ औँ जन्मदिनमा शुभकामना पनि दिएकी थिइन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’