
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे आज जलेको संसद् भवन अवलोकनमा पुगेका छन्।
जेनजी प्रदर्शनका क्रममा आगजनी भएको नयाँ बानेश्वरस्थित संसद् भवन हेर्न सभामुख घिमिरेसँगै उपसभामुख इन्दिरा राना, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पुगेका हुन्।
उनीहरूले आज जलेको संसद् भवन पुगेर क्षतिको प्रत्यक्ष अवलोकन गरेका हुन्। घटनास्थलमा पुगेका सांसदहरूले संसद् भवनलाई भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै यसले विधायकीय गतिविधिमा पारेको प्रभावबारे चर्चा गरेका थिए।
थप तस्बिरहरू:
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।