
काठमाडौँ – काठमाडौँको गोंगबु नयाँ बसपार्कमा आज चाडपर्व लक्षित नागरिक सहायता कक्ष उद्घाटन गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयको आयोजनामा काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख दानबहादुर कार्कीले नागरिक सहायता कक्षको उद्घाटन गरेका हुन्।
नयाँ बसपार्कलगायत उपत्यकाका १५ स्थानमा नागरिक सहायक कक्ष सञ्चालन गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव टेकनाथ गौतमले जानकारी दिए।
उपत्यकाको विभिन्न स्थानहरु चाबहिल, गौशाला, बल्खु, कलंकीलगायत बनेपामा पनि नागरिक सहायता आजबाट सञ्चालमा ल्याइए उनले बताए।
तस्बिर: नेपाल फोटो लाइब्रेरी।