जेन–जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी

जेन–जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
+
-

काठमाडौँ – जेन–जी आन्दोलनका कारण सरकारी दमनपछि जनधनको ठूलो क्षति भएपछि बीमा कम्पनीमा मागदाबी पर्ने क्रम उच्च देखिएको छ।

नेपाल बीमा प्राधिकरणकाअनुसार हालसम्म विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा १ हजार ९८४ वटा दाबी परेका छन्। जसको दाबी रकम करिब २० अर्ब ७० करोड रुपैयाँभन्दा बढी रहेको छ।

बीमा कम्पनीमध्ये सबैभन्दा बढी दाबी दि. ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ। सो कम्पनीमा ४० वटा दाबी दर्ता भई दाबी रकम करिब ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ। जसमा २ सय ५८ दाबी दर्ता भई करिब ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

त्यसैगरी, शिखर इन्स्योरेन्समा २६६ दाबी भई २ अर्ब ३९ करोड रुपैयाँ दाबी भएको छ भने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबी बापत एक अर्ब ५९ करोड ६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दाबी बापत एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दाबी बापत एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा ४० वटा दाबी बापत एक अर्ब नौ करोड ५३ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार सानिमा जिआइसी इन्स्योरेन्समा १२९ वटा दावी बापत ७८ करोड ९३ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा १७२ वटा दाबी बापत ४९ करोड ५१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा १७० वटा दाबी बापत ४८ करोड ५१ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ।

नेपाल इन्स्योरेन्समा ७९ वटा दाबीबापत ४६ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा १५१ वटा दाबीबापत ३८ करोड ५८ लाख रुपैयाँ, प्रभु इन्स्योेरेन्समा ६९ वटा दाबी बापत १९ करोड १८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा १९ वटा दाबी बापत ६ करोड ८२ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ।

साथै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा नौ वटा दावीबापत एक करोड १३ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्समा ६ वटा दाबी बापत ६७ लाख रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्समा १५ वटा दाबी बापत ५६ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्समा ८ वटा दावी बापत ४२ लाख रुपैयाँको बीमा दाबी परेको छ।

जेनजी आन्दोलनका कारण ठूलो क्षति भएको थियो। संसद् भवनदेखि सरकारी कार्यालय, व्यपारिक घरनाहरु ध्वस्त हुँदा खबौँको क्षति भएको थियो। अहिलेसम्मको दाबी आँकलन हेर्दा ३५ अर्बसम्म दाबी पर्न सक्ने अधिकारीहरुको आँकलन गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?