
काठमाडौँ – नेपालीहरूको महान चाड दसैँ नजिकिएसँगै काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा राजधानी छोड्ने सर्वसाधारणको भीड लाग्न थालेको छ।
यस वर्ष पहिलेजस्तो अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छैन। तर पनि ५/६ दिन अगाडि टिकट बुकिङ गर्ने सकिने व्यवस्था रहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।
दसैँ असोज ६ गतेदेखि सुरु हुँदै छ। असोज ६ गते घटस्थापना छ। असोज १६ गते दसैँको टीका छ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी।