पुनर्निर्माणमा १० लाख सहयोग गर्ने कांग्रेस संसदीय दल गण्डकीको निर्णय

पुनर्निर्माणमा १० लाख सहयोग गर्ने कांग्रेस संसदीय दल गण्डकीको निर्णय
+
-
देशसञ्चार AI सारांश
  • नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले जेन–जी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुननिर्माणको योजना तत्कालै बनाउन आग्रह गरेको छ।
  • संसदीय टोलीले क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि संसदीय पुनर्निर्माण कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।
  • कांग्रेसले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र आर्थिक गतिशीलताका लागि संघ र प्रदेशबीच समन्वयात्मक पहलको आवश्यकता रहेको बताएको छ।

पोखरा – नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले जेन–जी आन्दोलबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण तत्कालै गर्नुपर्ने निष्कर्ष निकालेको छ। गण्डकी प्रदेशमा सार्वजनिक र निजी क्षेत्रमा ठूलो क्षति भएकाले यकिन विवरण संकलन गरेर पुननिर्माणको योजना बनाउनुपर्ने निष्कर्ष निकाल्दै प्रदेश सरकार समक्ष आग्रह गरेको छ।

बिहीबार बसेको संसदीय पुनर्निर्माण कोष स्थापना गर्न गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए। जनतालाई अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयको शीघ्र पुनर्निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ। पुननिर्माण कोषमा कांग्रेस संसदीय दलको तर्फबाट १० लाख रुपैयाँ प्रदान गर्ने न्यौपानेले जानकारी दिए।

भदौ २३ र २४ गते भएका ज्यादती तथा ध्वंसात्मक गतिविधिको निष्पक्ष न्यायिक छानबिन गरी दोषीमाथि कडा कानूनी कारबाही गर्न पनि दलको बैठकले माग गरेको छ।
जेन–जी आन्दोलनको मागलाई प्रदेश सरकारले पनि सम्बोधन गर्नुपर्ने कांग्रेस संसदीय दलले जोड दिएको छ।

‘जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका मुद्दा सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, सुशासनको प्रत्याभूति गर्नुपर्ने—बारे हामी प्रतिबद्ध छौं’ बैठको निर्णयबारे जानकारी गराउदै न्यौपानले भने, ‘यस सन्दर्भमा नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले मितव्ययिता कायम गर्न चालु खर्च घटाउने, दरबन्दी कटौती गर्ने, कार्यालय समायोजन गर्नेजस्ता सुशासनमैत्री कार्यहरूको प्रशंसा गर्दै, अझ जनमैत्री र उत्तरदायी ढङ्गले अघि बढ्न आग्रह गर्दछौं।’

लगानीमैत्री वातावरण पुनःस्थापित गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयात्मक पहल गर्न प्रदेश सरकारलाई अनुरोध गरिएको छ। मुलुकमा रोजगारी सिर्जना र राजस्व उत्पादनमार्फत अर्थतन्त्रलाई गतिशील बनाउन योगदान दिइरहेको निजी क्षेत्रमाथि भएको गम्भीर आक्रमणको संसदीय दलले भत्र्सना गरेको छ।

दलको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावनाअनुरूप विषम परिस्थितिमा अभिभावकत्व निर्वाह गरेको भन्दै धन्यवाद प्रकट गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राजनीतिक दलका नेता र आम नागरिकमाथि भएको आक्रमणको भत्र्सनासमेत गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?