जलेको नोट र पैसा राख्ने सुरुङ भेटिएको समाचार कपोकल्पित: देउवाको सचिवालय

जलेको नोट र पैसा राख्ने सुरुङ भेटिएको समाचार कपोकल्पित: देउवाको सचिवालय
+
-
देशसञ्चार AI सारांश
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले कार्यालय र निजी निवासमा भएको आगजनीप्रति आपत्ति जनाएको छ।
  • देउवा निवासमा अत्याधिक पैसा भेटिएको भन्ने समाचार कपोकल्पित रहेको भन्दै सचिवालयले खण्डन गरेको छ।
  • सामाजिक सञ्जालमा फैलाइएका दृश्यहरू भ्रामक र अतिरञ्जित भए पनि सत्यता नभएको सचिवालयले स्पष्ट पारेको छ।

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले राजनीतिक दलको कार्यालय र नेताहरुको निजी निवासमा भएको आगजनीप्रति गम्भीर आपत्ति जनाउँदै आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाही गर्न माग गरेको छ।

‘जेनजीको आन्दोलनलाई धमिलो बनाई आ-आफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न समूहहरूले २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतङ्क सिर्जना गर्ने, राजनीतिक दलको कार्यालय र नेताहरूको निजी निवास आक्रमण गर्नेजस्ता अपराधिक क्रियाकलाप भएकोप्रति भर्त्सना गर्दछौं। भदौ २४ गते डकैतीको शैलीमा नेपाली कांग्रेसका सभापतिको निवासमा प्रवेश गरेर सभापति देउवा, उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य डा. आरजु राणा देउवालगायत माथि सांघातिक आक्रमण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
‘देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको’ जस्ता समाचार सम्प्रेषण कपोकल्पित रहेको पनि देउवाको सचिवालयले उल्लेख गरेको छ।
सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनासयले बदनाम गर्ने उद्देश्यले फैलाइएका हुन्,’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा  ‘जनमानसमा अपमानित गर्ने मनसायले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृश्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू युट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ। यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौं,’ भनिएको छ।
नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’