एशियाकप : सुपर-४ पुग्ने सबै टिम तय

एशियाकप : सुपर-४ पुग्ने सबै टिम तय
+
-
देशसञ्चार AI सारांश
  • एशियाकपको सुपर-४ चरणमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले स्थान सुरक्षित गरेका छन्।
  • श्रीलंकाले अफगानिस्तानलाई १९औँ ओभरमै हराउँदा बंगलादेश पनि सुपर-४ मा चयन भयो।
  • कुशल मेन्डिसले नटआउट ७४ रन बनाएर श्रीलंकालाई जित दिलाउँदै बंगलादेशलाई फाइदा पुर्याए।

एशियाकप क्रिकेटको समूह चरण सकिँदै सुपर-४ चरणमा प्रवेश गर्ने सबै चार टिमको टुंगो लागेको छ। बिहीबार भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेसँगै अन्तिम चार टिम निश्चित भएका हुन्।

समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश सुपर-४ मा पुगेका छन्।

अबुधाबीमा भएको खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै १६९ रन बनाएको थियो। सुपर-४ मा पुग्न श्रीलंकालाई मात्र १०१ रन बनाउनु पर्याप्त थियो। श्रीलंकाले खेल १९औँ ओभरमै जित्दा बंगलादेश पनि भाग्यमानी बनेर सुपर-४ मा प्रवेश गर्न सफल भयो।

समूह चरणमा यो श्रीलंकाको लगातार तेस्रो जित हो। यदि श्रीलंकाले १०१ रन बनाएर पराजित भएको भए अफगानिस्तान नेट रनरेटका आधारमा सुपर-४ मा पुग्थ्यो र बंगलादेश बाहिरिन्थ्यो। तर श्रीलंकासँग पराजित भएपछि अफगानिस्तान प्रतियोगिताबाट बाहिरियो। यससँगै श्रीलंकाले आफूसँगै बंगलादेशलाई पनि सुपर-४ मा पुर्याउन मद्दत गर्‍यो।

श्रीलंकाको जितमा कुशल मेन्डिसले ७४ रनको नटआउट इनिङ खेले। उनलाई कुशल परेराको २८ रन, कप्तान चरिथ असलंकाको १७ रन र कमिन्दु मेन्डिसको २६ रनको नटआउट इनिङले साथ दिएको थियो।

यसअघि, अफगानिस्तानले खराब सुरुवात गरेको भए पनि सातौँ नम्बरमा आएका मोहम्मद नावीले २२ बलमा ३ चौका र ६ छक्कासहित ६० रनको विस्फोटक इनिङ खेलेका थिए। उनको उत्कृष्ट ब्याटिङकै कारण अफगानिस्तानले प्रतिस्पर्धात्मक स्कोर बनाउन सकेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?