संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न जरुरी छ: सभामुख घिमिरे

संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न जरुरी छ: सभामुख घिमिरे
+
-
देशसञ्चार AI सारांश
  • सभामुख घिमिरेले संविधान विरोधी गतिविधिलाई बुझ्न सके मात्र संविधान बचाउन र विधिको शासन प्रवर्द्धन गर्न सकिने बताए।
  • उनले भ्रष्टाचार र कुशासनविरुद्ध निर्दोष युवाहरूको आन्दोलनलाई दुरुपयोग गर्दै संसद् विघटन प्रयासलाई अराजकता भने।
  • विविधतामा एकता, समान अधिकार तथा साझा गौरवको प्रवर्द्धन गर्दै संविधानलाई महत्त्वपूर्ण दस्तावेजका रूपमा उल्लेख गरे।

काठमाडौँ- सभामुख देवराज घिमिरेले नेपाली जनताले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सके मात्र संविधानको रक्षा र विधिको शासन प्रवर्द्धन सम्भव हुने बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई बधाई र शुभकामना दिँदै उनले संविधान घोषणाको एक दशक पूरा हुन १० दिन बाँकी रहँदा गत भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले समाज र राष्ट्रलाई नयाँ सोच, पारदर्शिता र सुशासन आवश्यक भएको महत्त्वपूर्ण चेतना दिएको बताए।

उनले भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका निर्दोष युवाहरूको आन्दोलनलाई देखाएर देशमा असामान्य परिस्थिति सिर्जना गरिएको र जननिर्वाचित सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने गैरसंवैधानिक कार्य भएको टिप्पणी गरे।

उनका अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र कार्यान्वयन गर्दै सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरूको सहभागितामा सरकार सञ्चालनको नयाँ प्रणाली अघि बढेको छ। अधिकार प्रत्यायोजनमार्फत स्थानीय तह सबल बन्दै सेवा प्रवाह नागरिकको घरदैलोमा पुग्ने वातावरण बनेको उनको भनाइ छ।

सभामुख घिमिरेले विगतमा पनि नेपाली जनताबाट खोसिएको अधिकार संसद्मार्फत नै पुनःस्थापित भएको स्मरण गर्दै लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्रबाहेक अरू केही नहुनेतर्फ ध्यानाकर्षण गराए।

उनले विसं २०७२ असोज ३ गते नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको फलस्वरूप संविधान जारी भएको बताउँदै यसलाई नेपालको मौलिक यथार्थ र लोकतान्त्रिक मूल्यमा आधारित महत्त्वपूर्ण दस्तावेज भने। उनका अनुसार यो संविधानले विभेद र असमानताको अन्त्य गर्दै विविधतामा एकता, समान अधिकार र साझा गौरवको मार्ग प्रशस्त गरेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’