सार्वभौमसत्ता र संविधानको रक्षा गर्न ओलीको अपील

सार्वभौमसत्ता र संविधानको रक्षा गर्न ओलीको अपील
+
-
देशसञ्चार AI सारांश
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र सार्वभौमसत्ताको रक्षा गर्न सबै नेपालीलाई अपील गरेका छन्।
  • जेनजी आन्दोलनपछि, संविधान दिवसको अवसरमा ओलीले संविधान र लोकतान्त्रिक व्यवस्थाका लागि ऐतिहासिक महत्त्वलाई स्मरण दिलाएका छन्।
  • सिंहदरबारमा आगजनी र अन्य हिंसात्मक कार्यहरूलाई लिएर उनले एकतामा जोड दिँदै क्षति रोक्न आग्रह गरे।

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र सार्वभौमसत्ताको रक्षा गर्न सबैमा अपील गरेका छन्।

जेनजी आन्दोलनपछि पहिलो पटक फेसबुकमार्फत ओलीले संविधान दिवसको अवसरमा यस्तो अपील गरेका हुन्।

उनले संविधान जारी हुनु नेपालको लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकारको सुनिश्चितता भएको दिन भएको स्मरण गराएका छन्। ओलीले भने, ‘संविधान निर्माणको क्रममा भोगेका चुनौतीहरू र नाकाबन्दी, सार्वभौमसत्तामाथि आएको आक्रमणलाई परास्त गर्दै संविधान जारी गरिएको थियो।’

ओलीले गत साता जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरे। उनले यस घटनामा सरकारले प्रदर्शनकारीलाई गोली हान्ने आदेश नदिएको र स्वचालित हतियार प्रयोगको छानबिन हुनुपर्ने बताए।

ओलीले सिंहदरबारमा आगजनी, नेपाल नक्सा जलाउने, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान तथा राजनीतिक दलका कार्यालय र व्यक्तिगत सम्पत्तिमा क्षति पुर्‍याइएको घटनाप्रति चिन्ता व्यक्त गर्दै, देशको सार्वभौमसत्ता र संविधानमाथि भएको आक्रमणको सामना गर्न सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए।

ओलीले सबै नागरिकसँग अपील गर्दै भने, “संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं। हाम्रो एकताले मात्र देशलाई उत्पन्न संकटबाट उठाउन र जोगाउन सक्छ।”

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’