
- चलचित्र ‘बलिदान’ को ट्रेलरले अभिनेता समीर भट्टको दमदार प्रवेश र उत्साहपूर्ण एक्शन दृश्यहरूका साथ ठूलो चर्चा बटुलेको छ।
- ट्रेलरमा समीरले खलनायकसँगको भिडन्त, प्रभावशाली संवाद र उत्कृष्ट दृश्यले ट्रेलरलाई उच्च स्तरमा पुर्याएको छ।
- निर्देशक सन्तोष सेनले चलचित्रलाई “प्रत्येक नेपालीको विद्रोही मनको प्रतीक” भनेर चित्रण गरेका छन्।
काठमाडौँ- नेपाली फिल्म उद्योगमा लामो समयदेखि प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’ को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ।
यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फतै चर्को उत्सुकता जगाइसकेको यस फिल्मले ट्रेलरमार्फत थप ठूलो चर्चा बटुलेको छ।
ट्रेलरको सुरुवातमा अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा देखिन्छिन्। उनले छोरासँग देश र अस्मिता जोगाउने वचन मागेको दृश्यले कथा भावनात्मक उचाइमा सुरु भएको छ।
त्यसपछि दर्शकले प्रतीक्षा गरेको क्षण आउँछ—अभिनेता समीर भट्टको दमदार प्रवेश। उनले उच्च स्वरमा घोषणा गर्छन् – “मेरो शरीरको एक–एक थोपा रगत देशलाई अर्पण गर्छु, तर आमाबारे केही भनिस् भने काटिदिन्छु।” यो संवादसँगै उनका तीव्र र जोशपूर्ण एक्शन दृश्यहरूले पर्दालाई कम्पित बनाएका छन्।
फिल्ममा अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक–फरक अवतारमा प्रस्तुत छन्। मल्लले आफूलाई परिस्थितिले राक्षस बन्न बाध्य पारेको संवादले ध्यान खिचेको छ भने समीर र सौगातबीचको द्वन्द्व दृश्य विशेष रूपमा आकर्षक देखिन्छ।
समीरले एक्लै दर्जनौँ खलनायकसँग भिड्ने दृश्य, उत्कृष्ट छायाङ्कन, प्रभावशाली संवाद र शक्तिशाली ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई उच्चस्तरमा पु¥याएको छ।
यसअघि सार्वजनिक टिजरमा सौगात मल्लको मसाल बोकेको दृश्य, हेमन्त बुढाथोकीको दमदार संवाद र ऋचा शर्माको भावुक अभिव्यक्तिले दर्शकलाई देशभक्ति र विद्रोहको भावनामा डुबाएको थियो। निर्देशक सन्तोष सेन आफैं आदिवासी पात्रको रूपमा देखिएको दृश्य पनि रोचक बनाइएको थियो।
ट्रेलरसँगै ‘बलिदान’लाई अहिले केवल नेपाली मात्र होइन, अन्तर्राष्ट्रिय दर्शकले समेत प्रतीक्षित फिल्मका रूपमा हेर्दै आएका छन्। निर्देशक सेनले यसलाई “सिर्फ फिल्म नभई प्रत्येक नेपालीको विद्रोही मनको प्रतीक” भनेर अभिव्यक्त गरेका छन्।
यसबीचमा, चलचित्रको शीर्ष गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक भइसकेको छ। सुजन चापागाईँको स्वर र सङ्गीत, हर्क साउदको शब्दमा बनेको गीतले दर्शकमाझ लोकप्रियता हासिल गरिरहेको छ।