युएईले नेपालीलाई भिसा रोक्दा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको क्रिकेट टोलीको भिसा पनि अन्योलमा

युएईले नेपालीलाई भिसा रोक्दा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको क्रिकेट टोलीको भिसा पनि अन्योलमा
+
-

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीको युएई यात्रा प्रक्रिया लम्बिएको छ।

विश्व विजेता टोली वेस्ट इन्डिजविरुद्ध ३ खेलको टी–२० सिरिज खेल्न युएई जान लागेको नेपाली टोलीलाई युएईले भिसा ‘इस्यु’ नगर्दा प्रक्रिया लम्बिएको क्यान प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

आज बिहान ९ बजेको युएईको टिकट भएको भए पनि भिसा नआएपछि खेलाडीहरु जान पाएनन्। नेपाल क्रिकेट संघ (क्यान) ले भिसाको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको तर युएईले जेनजी आन्दोलनपछि नेपालीलाई भिसा रोकेकाले त्यसको असर क्रिकेट खेलाडीलाइ पनि परेको हो।

नेपालमा भएको जेनजी आन्दोलनपछिको राजनीतिक घटनाका कारण युएईले नेपालीलाई भिजिट तथा कामदार दुवै भिसा रद्द गरेको छ। क्यान प्रवक्ता छुम्बी लामाले नेपालसँगै युएईको इमिरेट्स क्रिकेट बोर्ड तथा युएईको सरकार र आईसीसीसँग समेत क्रिकेट टिमको भिसाको विषयमा कुरा भइरहेकाले चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘भिजा रद्द भएको होइन, इस्यु नै नभएको हो। नेपालमा भएको पछिल्लो घटनाक्रमले समग्र नेपालीलाई नै भिसा रोकेकाले नेपाली खेलाडी पनि त्यसको मारमा परेका हुन्। तर हामीले सबै पक्षबाट प्रयास गरिरहेकाले भिसा आउने विश्वासमा छौँ।’

सिरिज युएईको सारजाह क्रिकेट स्टेडियममा असोज ११, १२ र १४ गते हुने कार्यतालिका रहेको छ। क्यानले यसलाई युनिटी कप अन्तर्राष्ट्रिय टि–ट्वान्टी सिरिज नाम दिएको छ। यसको तयारीको लागि नेपाली टोली एक साता अगाडी युएई जाने तयारीमा रहेको थियो। टोलीको बिदाइसमेत भइसकेको अवस्थामा भिसाका कारण खेलाडी रोकिनु परेको हो।

नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्रसँग कुनै पनि सिरिज खेल्न लागेको यो पहिलो पटक हो। यो सिरिज खेलेर नेपाल टि–ट्वान्टी विश्व कप छनोट खेल्न ओमान जाने तय भएको छ। तर युएईको भिसा प्रक्रिया लम्बिएसँगै द्वीपक्षीय सिरिज नै अन्योलमा पर्ने त होइन भन्ने शंका उब्जिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?