
इजरायली सेनाले शुक्रवार इजरायली सुरक्षा एजेन्सीसँगको समन्वयमा गाजा पट्टीमा आक्रमण गरेको र एक वरिष्ठ हमास नेताको मृत्यु भएको बताएको छ ।
सेनाद्वारा जारी विज्ञप्तिअनुसार उत्तरी गाजा पट्टीमा कार्यरत सेनाले हवाई आक्रमणको निर्देशन दिएको थियो । जसमा हमासको बुरेइज बटालियनका सैन्य गुप्तचर उपप्रमुख सिम महमूद युसुफ अबु अलखिरको मृत्यु भएको बताइएको छ ।
सेनाले अबु अलखिर इजरायली सेना विरुद्ध आक्रमणको योजना र कार्यान्वयनमा संलग्न रहेको आरोप लगाएको छ ।
विगत २४ घण्टामा इजरायली सेनाले गाजा शहर, खान युनिस र रफाह लगायत गाजामा कारबाही जारी राखेको छ, सेनाले यस अवधिमा १० भन्दा बढी लडाकु मारेको, हतियार कब्जा गरेको र धेरै सैन्य पूर्वाधार स्थलहरू ध्वस्त पारेको उल्लेख गरिएको छ ।
हमासले आक्रमणको बारेमा कुनै पनि बयान जारी गरेको छैन ।