सुपर फोरको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई हरायो

सुपर फोरको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई हरायो
+
-
देशसञ्चार AI सारांश
  • बंगलादेशले एसिया कपको सुपर फोरको पहिलो खेलमा श्रीलंकालाई अन्तिम बल बाँकी छँदा ४ विकेटले हरायो।
  • दसुन शनाकाको ३७ बलमा ६४ रनको नटआउट इनिङका बावजुद श्रीलंकाले १६८ रन मात्र बनाउन सक्यो।
  • साइफ हसन र तोहिद हृदोयले क्रमशः ६१ र ५८ रनको इनिङ खेलेर बंगलादेशको जितमा योगदान दिए।

एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको श्रीलंकाले दिएको १६९ रनको लक्ष्य बंगलादेशले अन्तिम बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। उसका लागि दशुन शनाकाले ३७ बलमा ३ चौका र ६ छक्काको मद्दतले ६४ रनको नटआउट इनिङ खेले। त्यस्तै कुशल मेन्डिसले ३४ रन, पथुम निशंकाले २२ रन, कप्तान चरिथ आशलंकाले २१ रन र कुशल परेराले १६ रन बनाए। बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३, मेहदी हसनले २ र तास्किन अहमदले १ विकेट लिए।

१६९ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। उसका लागि साइफ हसनले ६१ रन र तोहिद हृदोयले ५८ रनको महत्त्वपूर्ण इनिङ खेले। कप्तान लिटन दासले २३ रन जोड्दा समिम होसेन १४ रनमा नटआउट रहे। श्रीलंकाका लागि दसुन शनाका र वानिन्दु हसरंगाले २–२ विकेट लिँदा नुवान थुसारा र दुशामथ चमिराले १–१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन्। खेल साँझ ८:१५ बजे सुरु हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?