नेपालका चार खेलाडीले विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने

नेपालका चार खेलाडीले विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने
+
-

काठमाडौँ – नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने भएका छन्।

विश्व एथ्लेटिक्सले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले चुनौती पेस गर्ने भएका हुन्।

स्पेनको क्यान फ्रान्कमा हुने प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ तारिकसम्म सञ्चालन हुँदै छ। प्रवेशाज्ञाका कारण पूरा टिम सहभागी हुन नपाए पनि नेपालबाट सबैभन्दा माथिल्लो वरियताका ट्रेल रनरले विश्वस्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेका हुन्।

कुलुङ एसिया वरियताका एक नम्बर खेलाडी हुन् भने महिलातर्फ नेपाल नम्बर एक खेलाडी सुनमाया बुढा एसिया वरियताकी तेस्रो नम्बरकी खेलाडी हुन्। चारै जना खेलाडीले सिङ्गल लामो दूरीको ट्रेल रनमा प्रतिस्पर्धा गर्नेछन्।

टोली व्यवस्थापक प्रिती खत्रीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेलाडी छनोट गरिएको बताइन्। जहाँ पुरुष खेलाडीका लागि योग्यता हासिल गर्न ८६० भन्दा बढी आइटीआरए स्कोर आवश्यक थियो।

जसमा शीर्ष तीन पुरुष र महिला खेलाडी छनोट भएका हुन्। खत्रीले भनिन्, ‘हाम्रा खेलाडीले असाधारण प्रदर्शन र विश्वस्तरीय र्‍याङकिङका आधारमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?