दसैँ, तिहार र छठका अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफरहरु

दसैँ, तिहार र छठका अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफरहरु
+
-
देशसञ्चार AI सारांश
  • नेपाल टेलिकमले दसैँ, तिहार र छठ पर्वका लागि विभिन्न मोबाइल र FTTH प्याकेज अफर ल्याएको छ।
  • जीएसएम ग्राहकहरुका लागि ५ जीबी र १० जीबी अनलिमिटेड डाटा प्याकेजहरु क्रमशः रु. ४९९ र रु. ६९९ मा उपलब्ध छन्।
  • अफरहरु असोज ६ देखि २० र कार्तिक १ देखि १० गतेसम्म उपलब्ध छन्, जसले ग्राहकको सञ्चारलाई सहज बनाउँछ।

काठमाडौँ- नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरुका लागि विभिन्न आकर्षक अफरहरु ल्याएको छ।

यस वर्षको ‘दसैँ-तिहार-छठ अफर २०८२’ अन्तर्गत मोबाइल सेवामा सहुलियत दरका डाटा र भ्वाइस प्याकेजहरु उपलब्ध हुनेछन्।

FTTH प्याकेजमा छुट

असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ FTTH प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शुल्क (रु. ५००) मिनाहा गरिएको छ।

मोबाइल डाटा प्याकेज

यस अफर अन्तर्गत जीएसएम ग्राहकहरुका लागि विशेष डाटा प्याकेजहरु उपलब्ध छन्:

  • रु. ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड डाटा प्याकेज: यो प्याकेजमा तपाईंले दैनिक ५ जीबी डाटा प्रयोग गर्न सकिनेछ। ५ जीबी डाटा सकिएपछि २ Mbps को गतिमा अनलिमिटेड डाटा चलाउन पाइनेछ।
  • रु. ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज: यो प्याकेजमा दैनिक १० जीबी डाटा प्रयोग गर्न सकिनेछ। १० जीबी डाटा सकिएपछि ३ Mbps को गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।

भ्वाइस र एसएमएस प्याकेज

डाटा प्याकेजका अतिरिक्त भ्वाइस र एसएमएस प्याकेज पनि उपलब्ध छन्:

  • रु. २५० मा १००० मिनेट अल-नेट भ्वाइस सुविधा: यसमा तपाईंले जुनसुकै नेटवर्कमा कल गर्न १००० मिनेट पाउनेछन्।
  • रु. ९९ मा १००० अन-नेट एसएमएस सुविधा: यो प्याकेजमा नेपाल टेलिकमको नेटवर्कभित्रका अन्य नम्बरहरुमा १००० एसएमएस पठाउन सकिनेछ।

यी सबै प्याकेजहरुको समयावधि प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिन रहेको छ।

यी अफरहरु असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछ। प्याकेज खरिद गर्न तपाईंले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न वा ‘नेपाल टेलिकम एप’ प्रयोग गर्न सकिनेछ।

नेपाल टेलिकमले चाडपर्वको समयमा आफ्ना ग्राहकहरुलाई थप सम्पर्कमा रहन र खुशी बाँड्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?