
काठमाडौँ- जेनजी आन्दोलनले सिंहदरबारभित्रको भवनमा क्षति पुर्याएपछि शिक्षा मन्त्रालयले आफ्ना सेवाहरू अस्थायी रूपमा लैनचौरस्थित केशरमहलबाट सञ्चालन गर्न सुरु गरेको छ।
भदौ २४ गतेको आन्दोलनका क्रममा शिक्षा मन्त्रालयको भवनमा आगजनी भएपछि उक्त भवन प्रयोग गर्न अयोग्य भएको थियो। सोही कारण मन्त्रालयले केशरमहललाई वैकल्पिक कार्यालयको रूपमा प्रयोग गर्न थालेको हो।
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पनि आजै सोही भवनबाट पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। वैज्ञानिक पृष्ठभूमिका पुनलाई शिक्षा मन्त्रीमा सिफारिस गरिएको हो।
तस्बिरहरूः