महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितादेखि ‘ए’ डिभिजन लिगसम्म यस्तो छ एन्फाको क्यालेन्डर

महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितादेखि ‘ए’ डिभिजन लिगसम्म यस्तो छ एन्फाको क्यालेन्डर
+
-
देशसञ्चार AI सारांश
  • एन्फाले सन् २०२५ देखि २०२६ सम्म नेपाली फुटबलको व्यस्त क्यालेन्डर सार्वजनिक गरेको छ जसमा ‘ए’ डिभिजन लिग र अन्तर्राष्ट्रिय खेलहरू समावेश छन्।

  • नेपाली पुरुष टोलीले एएफसी एसियन कप छनोट चरणमा भियतनाम, मलेसिया, र लाओस विरुद्ध प्रतिस्पर्धा गर्नेछ भने महिला टोलीले मैत्रिपूर्ण खेलहरू खेल्नेछ।

  • ६ महिना लामो ‘ए’ डिभिजन लिगको साथसाथै महिला च्याम्पियनसिप र यू-१६, यू-१८ युथ लिगजस्ता प्रतियोगिताहरू पनि क्यालेन्डरमा समावेश छन्।

काठमाडौँ- अखिल नेपाल फुटबल संघ एन्फाले बाँकी वर्षका लागि आफ्नो क्यालेन्डर सार्वजानिक गरेको छ।

एन्फाले सन् २०२५ को अक्टोबर देखि २०२६ को मार्चसम्म अर्थात यही असोजदेखि चैत समको क्यालेन्डर सार्वजानिक गरिएको छ। जसमा एन्फाले लामो समय देखी हुन नसकेको ‘ए’ डिभिजन लिग ६ महिना लामो गर्ने गरी क्यालेन्डर सार्वजानिक गरेको छ।

सार्वजनिक क्यालेन्डर कार्यान्वयन हुने हो भने नेपाली फुटबल पूर्ण रुपमा ब्यस्त बन्ने छ। जसमा राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय सहभागितादेखि बहुप्रतिक्षित ‘ए’ डिभिजन लिगसम्म समावेश छन्।

महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतिस्पर्धा
यो वर्ष नेपालले ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ। जसमा एएफसी एसियन कप छनोट चरणका खेलहरू मुख्य हुन्।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आफ्नो छनोट यात्रामा भियतनाम, मलेसिया र लाओसजस्ता बलिया टोलीहरूको सामना गर्नेछ। जसअनुसार ९ अक्टोबर २०२५ भियतनाम विरुद्ध (भियतनाममा), १४ अक्टोबर २०२५ भियतनाम विरुद्ध (भियतनाममा),१८ नोभेम्बर २०२५: मलेसिया विरुद्ध ३१ मार्च २०२६ मा लाओस विरुद्ध (नेपालमा) खेल खेल्ने कार्यतालिका रहेको छ।

यस्तै, महिला राष्ट्रिय टोलीले पनि अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलहरू खेल्ने तालिका रहेको छ। २६ अक्टोबर २०२५ मा भारतको सिक्किममा भारतसँग मैत्रिपूर्ण खेल हुँदा २४ नोभेम्बर देखि २ डिसेम्बर २०२५ सम्म इन्डोनेसियामा हुने तीन राष्ट्र सम्मिलित मैत्रिपूर्ण प्रतियोगितामा भाग लिने छ।

घरेलु फुटबलको बहुप्रतिक्षित ‘ए’ डिभिजन लिग ६ महिना चल्ने
घरेलु फुटबलका समर्थकहरूका लागि सबैभन्दा ठूलो र बहुप्रतिक्षित खबरका रुपमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको घोषणा एन्फाले गरेको छ। जुन २४ डिसेम्बर २०२५ देखि १० जुलाई २०२६ सम्म चल्ने छ। अर्थात पुष ९ देखी २६ असार सम्म प्रतियोगिताको आयोजना गर्ने गरी एन्फाले तालिका सार्वजानिक गरेको छ।

यो लिग करिब ६ महिना लामो हुने छ। यसका साथै, महिला फुटबलतर्फ पनि एन्फा महिला च्याम्पियनसिप र शहीद स्मारक महिला लिग जस्ता महत्वपूर्ण प्रतियोगिताहरू आयोजना हुनेछन्।

काठमाडौँको दशरथ रंगशालामा आयोजना हुने साफ महिला क्लब च्याम्पियनसिप (५ देखि २० डिसेम्बर २०२५) ले पनि अन्तर्राष्ट्रिय क्लब फुटबलका रुपमा आयोजना हुने छ।

युवा र ग्रासरुट फुटबल पनि क्यालेन्डरमा
एन्फाले युवा खेलाडीहरुका लागि पनि एन्फा यू-१६ युथ लिग र ललित मेमोरियल यू-१८ युथ लिग जस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिएको छ।

समग्रमा, एन्फाले सार्वजनिक गरेको यो क्यालेन्डरले खेलाडी, क्लब र सम्पूर्ण फुटबलप्रेमीहरूका लागि व्यस्त तालिकाका रुपमा सार्वजानिक गरेको छ। तर लगातारका विवाद र कार्यन्वयन क्षमतामा कमजोर देखिंदा प्रतियोगिता तोकिएको समयमा हुनेमा आंशका गर्न सकिन्छ।

यस्तो छ फुटबल क्यालेन्डर:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?