जहाजको ल्यान्डिङ गियरमा लुकेर अफगानी बालकले गरे भारत-यात्रा

जहाजको ल्यान्डिङ गियरमा लुकेर अफगानी बालकले गरे भारत-यात्रा
+
-
देशसञ्चार AI सारांश
  • अफगानिस्तानका १३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेर काबुलबाट दिल्लीसम्म पुगेपछि उनलाई फिर्ता पठाइयो।
  • बालकले जहाजबाट जमिन कस्तो देखिन्छ भनी जान्न ल्यान्डिङ गियरमा बसेको बताएका छन्।
  • फ्लाइटनजिक देखेपछि बालकलाई सुरक्षा अधिकारीले पक्रिए र प्रहरीलाई बुझाए।

अफगानिस्तानका एक १३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेर काबुलबाट नयाँ दिल्लीसम्म पुगेका छन्। आइतबारको यो घटनापछि ती बालकलाई सोधपुछ गरी फेरि अफगानिस्तान फिर्ता पठाइएको समाचार संस्थाहरूले जानकारी दिएका छन्।

अफगानिस्तानको काम एयरलाइन्सको फ्लाइट आरक्यू–४४०१ काबुलको हामिद करजई एयरपोर्टबाट भारतीय समयअनुसार बिहान ८ बजेर ४६ मिनेटमा उडान भरेको थियो। उक्त जहाज बिहान १० बजेर २० मिनेटमा दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टको टर्मिनल ३ मा अवतरण भयो।

सञ्चार माध्यमहरूका अनुसार अवतरणपछि एयरलाइन्सका कर्मचारीहरुले फ्लाइटनजिक एक बालक घुमिरहेको देखे। उनीहरूले तत्काल सुरक्षा अधिकारीलाई खबर गरेपछि विमानस्थलका सुरक्षा अधिकारीले उनलाई हिरासतमा लिए र प्रहरीलाई सुम्पिए।

सञ्चार माध्यमका अनुसार ती बालकले विमानबाट जमिन कस्तो देखिन्छ भन्ने जिज्ञासाका कारण आफू फ्लाइटको ल्यान्डिङ गियरमा बसेको बयान दिएका छन्। ती अफगानी बालको नाम र विवरण खुलाइएको छैन।

ती बालक विमानस्थलका सुरक्षा अधिकारीबाट बच्दै जहाजको पछिल्लो ल्यान्डिङ गियरमा लुकेको अधिकारीहरुले जानकारी दिएका छन्।

ती बालकलाई आइतबार नै सोही फ्लाइटबाट अफगानिस्तान फिर्ता पठाइएको छ।

सुरक्षा विशेषज्ञका अनुसार विमानको पांग्रा नजिक लुकेर यात्रा गर्नु निकै खतरनाक मानिन्छ। ३० हजार फिटको उचाइमा तापक्रम माइनस ४० देखि ६० डिग्री सेल्सियससम्म पुग्ने र अक्सिजन पनि निकै कम हुँदा केही क्षणमै मानिस बेहोस हुने वा मृत्यु हुनेसम्मको सम्भावना हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?