
अ
+
अ
अ
-
काठमाडौँ- नेप्से परिसूचक मंगलबार उच्च अंकले बढेर बन्द भएको छ।
मंगलबार नेप्से परिसूचक ५८.६३ अंकले वृद्धि भई २६८२.२५ विन्दुमा पुगेको हो।
यसदिन ३ सय २८ कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँमा खरिदिबिक्री भएको नेप्सेले जनाएको छ।
नेप्से परिसूचक दोहोरो अंकले बढ्दा सात कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सप्तकोशी डेभलपमेन्ट, जोशी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट र एसियन हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।