
काठमाडौं- विवादास्पद युनिफिकेसन चर्चकी प्रमुख हान अक जा दक्षिण कोरियामा पक्राउ परेकी छन्।
अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुुसार उनीमाथि दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक यउलकी पत्नी किम गन हीलाई दुईटा महँगा शेनल ब्रान्डका ब्याग र एउटा हीराको हार दिएको आरोप लागेको छ।
ती सामानको मूल्य ८ करोड वोन अर्थात करिब ८२ लाख रुपैयाँ नेपाली रुपैयाँ पर्ने समाचारहरूमा उल्लेख छ।
युनिफिकेसन चर्चका संस्थापक सन म्यङ मूनकी पत्नी हानले घुस खुवाएको आरोप बारम्बार खण्डन गरेकी थिइन्।