
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका छन्।
उनले मंगलबार पदभार ग्रहण गरेका हुन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
उर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा सरकारले शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको हो।
यसअघि केपी ओली नेतृत्वको सरकारले कुलमानलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो। जेन–जी आन्दोलनपछि उर्जामन्त्री बनेका कुलमानले शाक्यलाई हटाएका हुन्।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी