
काठमाडौँ – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि मन्त्रालयमा बन्दोबस्तीका सामान व्यवस्था गरिएको छ।
उनले मन्त्रालयमै बसेर काम गर्ने इच्छा राखेका कारण सामान बन्दोबस्त गरिएको हो।
मन्त्री पुनले आइतबार पदभार ग्रहण गर्दै आफूलाई बस्नका लागि क्वार्टर नचाहिने र मन्त्रालयमै एउटा कोठाको व्यवस्था गर्न निर्देशन दिएका थिए।
उनले आफूलाई सुत्नका लागि एउटा कोठा र किचनको व्यवस्था गर्न भनेका थिए।
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी