श्रीयाको परिवारलाई पोखरा महानगरद्वारा १ लाख रुपैयाँ सहयोग

श्रीयाको परिवारलाई पोखरा महानगरद्वारा १ लाख रुपैयाँ सहयोग
+
-

पोखरा – पोखरा महानगरपालिकाले बलात्कारपछि हत्या गरिएकी श्रीयाका बिकको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उप्रपमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल लगायतले मृतक बिकको घरमै पुगेर आमा बेलकुमारी विकलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तणपछि बोल्दै महागनर प्रमुख जिसीले श्रीयाको हत्याले महानगर स्तब्ध भएको बताए। उनले १० वर्षीया बालिकामाथिको अमानवीय घटना निन्दनीय भएको भन्दै यस्ता घटना दोहोरिन नदिने सबै सचेत हुनुपर्ने बताए।

दोषी कानुनको दायरामा आएको भन्दै अब कुनै पनि बहानामा दोषिले उन्मुक्ति नपाउने बताएका छन्। उपप्रमुख मञ्जुदेवी गुरुङले श्रीयाको मृत्यु घटनाले निकै मर्माहत भएको बताइन्।

निर्दोष बालिकाको अमानवीय र पाशविक ब्यवहारबाट हत्या गर्नेलाई कुनै पनि बहानामा छुट दिन नहुने बताउँदै यस्ता घटना विरुद्ध सबै एकजुट हुनुपर्ने बताइन्।

यसैबीच पोखरा २२ पुम्दीभुम्दीको सिर्जनशील क्लबका अध्यक्ष झम्कनाथ देवकोटाले पनि श्रीयाका परिवारलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

श्रीयाको असोज ८ गते छिमेकी कुसुम पौडेलले बलात्कारपछि हत्या गरेका थिए। पौडेलले रक्सीका खाएको बेला श्रीयाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका थिए। पौडेललाई जिल्ला अदालतले पुर्पक्षका लागि जेलचलान गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?