वर्षौंदेखि पहिरोको चपेटामा कोदारी राजमार्ग, स्थानीय र व्यापारीहरूले पाए दुःख (तस्बिरसहित)

वर्षौंदेखि पहिरोको चपेटामा कोदारी राजमार्ग, स्थानीय र व्यापारीहरूले पाए दुःख (तस्बिरसहित)
+
-
देशसञ्चार AI सारांश
  • बाह्रबिसे-तातोपानी सडक खण्डमा बारम्बारका पहिरो र नेपाल सरकारको बजेट अभावले असर पुर्याएको छ।
  • स्थानीय र व्यापारीहरूले लामो समयदेखि सरकारी ध्यान नपाउँदा दैनिक जीवनमा समस्या र व्यापारमा अवरोध भोगेका छन्।
  • अस्थायी उपायहरू जस्तै ग्राभेल हाल्ने र पानीको बहाव मोड्ने प्रयास गरिए पनि समस्याको दीर्घकालीन समाधान छैन।

काठमाडौँ- नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक मार्ग, बाह्रबिसे-तातोपानी सडक खण्डमा, वर्षौंदेखि पहिरोको समस्याले स्थानीय बासिन्दा र व्यापारीहरूले ठूलो सास्ती भोग्दै आएका छन्।

यस मार्गमा बारम्बार पहिरो जाँदा लाखौं रुपैयाँ बराबरको सामान सीमा क्षेत्रमै रोकिएका छन्। २०७२ सालको भूकम्प र त्यसपछि कोरोना महामारीका कारण बन्द भएको यो नाका केरुङ नाका बाढीले क्षतिग्रस्त भएपछि फेरि सञ्चालनमा आएको थियो।

तर, कोदारी र दाकलाङजस्ता ठाउँमा जाने पहिरोका कारण यस मार्गमा ढुक्क भएर यात्रा गर्ने अवस्था अझै बनेको छैन।

स्थानीय बासिन्दाका अनुसार, यो सडक देशको प्रमुख व्यापारिक मार्ग भए पनि नेपाल सरकारले आवश्यक बजेट विनियोजन नगर्दा हरेक वर्ष पहिरोको समस्या दोहोरिने गरेको छ।

भोटेकोशी गाउँपालिकाका कृष्णबहादुर राईका अनुसार, कोदारी पहिरोले हरेक वर्ष वर्षायाममा दुःख दिन्छ र हिउँदमा पनि पहिरो रोकथामका लागि स्थानीय, प्रदेश र संघीय सरकारले खासै ध्यान दिएका छैनन्। यो पहिरोले सडक मात्र नभई करिब ३०० घरधुरी पनि जोखिममा परेको उनले बताए।

अर्का स्थानीय अर्जुन धतानेका अनुसार, कोदारी पहिरो २०३८ सालदेखि नै सुरु भएको हो, तर अहिलेसम्म यसको प्रभावकारी नियन्त्रण हुन सकेको छैन। उनी भन्छन्, “यो मुख्य नाका भए पनि सरकारले यसको रोकथाम र नियन्त्रणका लागि ठोस कदम चालेको छैन। हरेक वर्ष पहिरोले बाटो बन्द हुने अवस्था छ, तैपनि कुनै पनि तहको सरकारले ध्यान दिएको छैन।”

यसैबीच, सडक डिभिजन चरिकोटका सब इन्जिनियर रामचन्द्र रिमालले हाल पहिरो नियन्त्रण र सडक सञ्चालनका लागि अस्थायी उपायहरू अपनाइएको जानकारी दिएका छन्।

उनका अनुसार, सडकमा ग्राभेल हाल्ने, पानीको बहावलाई सुरक्षित ठाउँमा मोड्ने र ढुंगा बिछ्याउने काम भइरहेको छ। रिमालले यो पुरानो पहिरो भएकाले तत्कालै पूर्ण रूपमा नियन्त्रण गर्न नसकिए पनि सडक सञ्चालनलाई सहज बनाउन प्रयास गरिएको बताए।

तस्बिरहरूः

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?