
काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते तोडफोड र आगजनी भएको कोटेश्वर प्रहरी प्रभागको पुनर्निर्माण गरी त्यहाँ कार्यरत प्रहरीहरुलाई पुनःस्थापित गराइएको छ।
बिहीबार पूजाआजा गरी प्रहरीहरुलाई पुनःस्थापित गराइएको हो। सो अवसरमा प्रहरीहरुलाई मालाले सम्मान गरिएको थियो। साथै दिवंगत प्रहरीलाई श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
आन्दोलनका क्रममा देशका सयौं प्रहरी कार्यालय जलाइएका थिए। जलाइएका चौकीहरु स्थानीय र अन्य दाताको सहयोगमा धमाधम पुनःस्थापित भइरहेका छन्।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी