वीरगञ्ज नाका: पहिलो दुई महिनामा १७ अर्बको सामान निर्यात

वीरगञ्ज नाका: पहिलो दुई महिनामा १७ अर्बको सामान निर्यात
+
-
देशसञ्चार AI सारांश
  • चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट रु १७ अर्ब तीन करोड मूल्य बराबरका वस्तु निर्यात भयो।
  • चालु आवमा निर्यात १८१ प्रतिशतले वृद्धि भई व्यापार अनुपात १ः६० मा सुधार भएको जनाइएको छ।
  • चालु आवमा छह महीनामा विभिन्न तेल र जुसको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ।

वीरगञ्ज- चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट रु १७ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा रु १० अर्ब ९८ करोडभन्दा बढीको वस्तु तथा सामान निर्यात भएको हो ।

गत आवको पहिलो दुई महिनामा यस नाकाबाट रु छ अर्ब पाँच करोड मूल्य बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज नाका हुँदै चालु आवको दुई महिनामा निर्यात उत्साहजनक भएको बताए । “गत आवको दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा यहाँबाट हुने निर्यात १८१ प्रतिशतले वृद्धि भएको छ”, उनले भने, “गत आवको दुई महिनामा यहाँबाट हुने वैदेशिक व्यापारको अनुपात १ः२० रहेको अहिले सो अनुपातमा सुधार भएर १ः६० मा पुगेको छ ।”

वीरगञ्ज नाका हुँदै चालु आवको दुई महिनामा रु आठ अर्ब ८४ करोड मूल्य पर्ने रु चार करोड २८ लाख २४ हजार ८७१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने तीन लाख मूल्य पर्ने ४८० लिटर भटमासको तेल प्रशोधित निर्यात भएको थियो ।

त्यस्तै चालु आवको दुई महिनामा रु एक अर्ब २४ करोड मूल्य पर्ने रु एक करोड २६ लाख ९५ हजार ७३२ लिटर फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने रु एक अर्ब २९ करोड मूल्य पर्ने रु एक करोड ३६ लाख ४८ हजार १५५ लिटर जुस निर्यात भएको थियो ।

चालु आवको दुई महिनामा एक अर्ब १७ करोड मूल्य बराबरको तीन करोड ४१ लाख १३ हजार २३० लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने नगन्य मात्रामा मात्रै निर्यात भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?