
हुम्ला –काग्रेसा उपसभापति पूर्णबहादुर खड्काले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुर्खेतमा क्षति पुगेका भौतिक संरचनरुको अनुगमन गरेका छन्। असोन ९ गते गृहजिल्ला सुर्खेत आइपुगेका उपसभापति खड्काले दुई दिन लगातार क्षति पुगेका संरचनाको अनुगमन गरेका हुन्।
बिहीबार आन्दोलनकारी आगजनी गरेर क्षति पुर् याएको आफ्नो र आफ्ना दुई जना भाइको निजी निवासबाट सुरु भएको अनुगमन शुक्रबारसम्म जारी छ। आफ्नो क्ष्आगजनी भएको घरमा पुग्दा उनी निकै भावुक देखिएका थिए। अनुगमनको पहिलो दिन उनले आन्दोलनकालीले आगजनी गरि क्षति पुर्याएका बीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ देखि १२ का वडा कार्यालयहरु, मुख्यमन्त्रीको निजी निवास मेयर उपमेयरको निजी निवास, कांग्रेस, एमाले, माओवादी केन्द्र र जनमोर्चाको पार्टी कार्यालय रहेका थिए।
शुक्रबार मुख्यमन्त्रीको सरकारी कार्यालय र निवास, प्रदेश सभा भवनलगायत सबै सरकारी कार्यालयको पनि अनुगमन गरिएको छ। उपसभापति खड्कासंग कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरु, नेपाली कांग्रेस सुर्खेतका नेता–कार्यकर्ताको सहभागिता थियो।