
काठमाडौं- पूर्वराष्ट्रति विद्यादेवी भण्डारीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा रहस्यमयी ढंगले तोडफोड र आगजनी भएको उल्लेख गर्दै देशभरिका वडा कार्यालयलेखि सिंहदरबारसम्म एकैचोटि जल्नु सामान्य विषय नरहेको बताएकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार मदन भण्डारी फाउन्डेसनमा आयोजना गरेको दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा भनिन्- ‘जेनजी पुस्ताले शान्तिपूर्ण आन्दोलन गर्ने भनेका थिए। तर, सिंहदरबार, संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत थुप्रै व्यवसायी र निजी भवन, सबै नेताको घरहरू एकैचोटी खरानी भएको छ। वडा कार्यालयदेखि सिंहदरबारसम्म खरानी भएको छ। एकै दिन पूर्वदेखि पश्चिमसम्म जेनजीले कसरी गर्न सके होला? यो रहस्यमयी घटना भएको छ।’
उनले यो घटनाको समीक्षा गरेर शान्ति, स्थीरता ल्याएर देश विकासको बाटोमा अघि बढाउनुपर्ने बताइन्।