राष्ट्रसंघ महासभाः नेतान्याहू बोलिरहँदा अधिकांश देशका प्रतिनिधिले गरे बहिष्कार

राष्ट्रसंघ महासभाः नेतान्याहू बोलिरहँदा अधिकांश देशका प्रतिनिधिले गरे बहिष्कार
+
-

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले न्युयोर्कमा भइरहेको संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरिरहँदा उनले दर्जनौँ देशको वहिष्कार सहनु परेको छ।

उनको सम्बोधन सुरु हुनासाथ धेरैजसो प्रतिनिधिहरू हलबाट बाहिरिएका थिए। हल प्रायः खाली भए पनि नेतान्याहूले हिजबुल्लाह सदस्यहरूले ल्याएका सयौँ पेजर विस्फोट भएको दाबी गर्दै इजरायली कारबाहीको बखान गर्दै गर्दा इजरायली प्रतिनिधि समूहले भने जोरदार ताली बजाएका थिए।

लेबनानी स्वास्थ्य अधिकारीहरूका अनुसार ती विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको थियो, जसमा केही बालबालिकासमेत थिए र करिब ३ हजार जना घाइते भएका थिए।

हमासले २०२३ को ७ अक्टोबरमा गरेको आक्रमणपछि गाजामा इजरायलले सञ्चालन गरेको आक्रमणप्रति बढ्दो अन्तर्राष्ट्रिय आलोचनाबीच नेतान्याहूले अहिले सदस्य राष्ट्रहरूलाई सम्बोधन गरिरहेका छन्।

नेतान्याहूले आफ्नो सम्बोधनमार्फत ती देशका नेताहरूलाई ‘निन्दा’गर्ने बताए। इजरायलले गाजा सिटी कब्जा गर्ने अभियान सुरु गरेसँगै प्यालेस्टाइनलाई धेरै देशहरुले राज्यको मान्यता दिएका छन्।

नेतान्याहू मञ्चमा पुगेपछि न्युयोर्कस्थित हलबाट दर्जनौँ सहभागिहरु विरोधस्वरूप बाहिर निस्किँदा नेतान्याहूको सम्बोधन प्रभावित भएको थियो। अहिले उनको भाषण इजरायली लाउडस्पिकरमार्फत गाजामा प्रत्यक्ष प्रशारण भइरहेको छ।

हमासद्वारा बन्धक बनाइएका मानिसलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले तपाईंलाई एक सेकेन्ड पनि बिर्सेका छैनौँ, सम्पूर्ण इजरायली जनता तपाईंहरूसँगै छन्।’

उनले भने उनको सम्बोधनकै बीचमा डोनाल्ड ट्रम्पले भने इजरायलले वेस्ट बैंक कब्जा गरेर आफ्नो भूभागमा मिलाउन अनुमति नदिने घोषणा गरेका छन्।

इजारयलमाथि वेस्ट बैंकमा जारी संघर्ष र कब्जा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दो क्रममा छ। त्यसैबीच बिहीबार संयुक्त राष्ट्र संघमा सम्बोधन गर्दै प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा भविष्यमा हमासको शासन भूमिकालाई अस्वीकार गर्ने पुनः दोहोर्‍याए र उसलाई निशस्त्र पार्न माग गरे।

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन सुरु गर्दै नेतान्याहूले इरान र त्यसका मध्यपूर्वस्थित सहयोगीहरूमाथि इजरायलले गरेको कारबाहीको बखान गरे।

उनले भने, ‘गत वर्षभरि हामीले हुती विद्रोहीहरूलाई प्रहार गर्‍यौँ , हिजो पनि। हामीले हमासको आतङ्कवादी संरचनालाई ठूलो मात्रामा नष्ट गर्‍यौँ। हामीले हिजबुल्लाहलाई पंगु बनायौँ, जसका धेरैजसो नेताहरू र ठूलो मात्रामा हतियारसहितको भण्डार नष्ट गरियो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?