हुम्लाका लामा एसियाका उत्कृष्ट सय जना वैज्ञानिकमा पर्न सफल

+
-
देशसञ्चार AI सारांश
  • हुम्लाको दुर्गम बस्तीमा जन्मिएका रिन्जिन फुन्जोक लामा एसियाका उत्कृष्ट एक सय वैज्ञानिकमा समाविष्ट भएका छन्।

  • लामाले वन्यजन्तु संरक्षण क्षेत्रमा उल्लेखनीय कामको लागि रोलेक्स अवार्ड र नेचर अवार्ड जस्ता प्रतिष्ठान प्राप्त गरिसकेका छन्।

  • हाल लामा नेपाल सरकारको वन विभागसँग समन्वयमा हिम चितुवाको संरक्षण परियोजनामा संलग्न रहेका छन्।

हुम्ला – हिमाली जिल्ला हुम्लाको दुर्गम बस्तीमा जन्मिएका रिन्जिन फुन्जोक लामा एसियाका सय जना उत्कृष्ट वैज्ञानिकमा पर्न सफल भएका छन्। ‘एसियन साइण्टिस्ट’ नामक पत्रिकाले प्रकाशित एसियाका उत्कृष्ट एक सय वैज्ञानिकको सूचीमा लामाको नाम उल्लेख गरिएको हो।

विज्ञानमा स्नातक सकिएपछि वन्यजन्तु संरक्षणका क्षेत्रमा सन २०१३ देखि काम गर्दै आएका सिमकोट गाउँपालिका– ३ को बरगाउँमा युवा वैज्ञानिक रिन्जीन फुन्जोक लामाले एसियन साईनटिष्ट नामक पत्रिकाले सार्वजनिक गरेको एसियाका एक सय जना वैज्ञानिकको नाममा आफ्नो पनि परेको गत मङ्गलबार बेलुका मात्र जानकारी प्राप्त गरेको बताए।

उक्त पत्रिकाले ख्यातिप्राप्त अवार्ड बिजेतालाई आधार मान्दै ती नाम सार्वजनिक गरेको बताउदै यसमा नाम उल्लेख हुुनुमा धेरै कुराले सहयोग गरेको उनले बताए। यसअघि लामाले बन्यजन्तु संरक्षणका क्षेत्रमा उल्लखनीय काम गरेको भन्दै सन २०२२ मा साँढे दुई करोड राशिफलको रोलेक्स अवाडी र २०२३ मा ७५ लाख राशिको नेचर अवार्ड प्राप्त गरेका थिए।

सो राशिबाट पनि हुम्ला जिल्लाको नाम्खा गाउँपालिका– ६ को लिमी क्षेत्रका हिम चितुवको सङ्या गणना गर्ने र त्यसको संरक्षणका क्षेत्रमा काम गर्दै आएका छन्। हाल बन्यजन्तु संरक्षणका क्षेत्रमा काम गर्नेगरि उकाली परियोजनाको निर्देशकका रुपमा कार्यरत छन। दिनमा अधिकांश समय काममा खटिने गरेको र आफ्नो कामको मूल्याङ्कन भएको उनले बताए। यसले बयजन्न्तु संरक्षाणका क्षेत्रमा थप काम गर्ने हौसला मिलेको बताउँदै आफूले हालसम्म मनाङ, मुस्ताङ र हुम्ला जिल्लाका उच्च हिमाली क्षेत्रमा काम गरिएको उनले बताए।

हाल युवा बैज्ञानिक लामाले माथिल्लो सेती र माथिल्लो कर्णालीका बाजुरा, बझाङ र हुम्ला जिल्लामा बन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएका छन्। यसमा हिम चितुवाको गणना, संरक्षण र बासस्थानका दिगोपनाको अध्ययन गर्ने कार्य समेत गरि रहनु भएको छ।

उक्त परियोजनाले नेपाल सरकरको बन बिभागसंग समन्वय गरेर काम गरि रहेको उनको भनाई छ। सानैमा पढाईमा अब्बल लामाले दुरदराजमा जन्मेर पनि अन्तराष्ट्रिय स्तरको ख्याती प्राप्त गर्नु जिल्लावासीका लागि गर्वको विषय भएको हुम्ला स्वतन्त्र फोटोग्राफर अभिनास लामाले बताए। लामाको सो ख्यातीले देशको शिर समेत उचो राख्ने काम गरेको उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?