आजबाट नेपाल र वेस्टइन्डिजबीच टी-२० सिरिज सुरु हुँदै

आजबाट नेपाल र वेस्टइन्डिजबीच टी-२० सिरिज सुरु हुँदै
+
-
देशसञ्चार AI सारांश
  • नेपालले आज टी–२० अन्तर्राष्ट्रिय सिरिजमा वेस्टइन्डिजविरुद्ध इतिहास बनाउने लक्ष्यसहित खेल्ने तयारी गरेको छ।
  • सिरिजको पहिलो खेल यूएईको शारजाहमा नेपाली समयअनुसार साँझ ८:१५ बजे सुरु हुनेछ।
  • यो सिरिज विश्वकपको छनोट खेलको तयारीका रूपमा समेत महत्त्वपूर्ण ठानिएको छ।

काठमाडौँ- नेपालले आजदेखि बहुप्रतिक्षित टी–२० अन्तर्राष्ट्रिय सिरिजमा वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दैछ। कुनै पनि टेस्ट टोलीविरुद्ध पहिलोपटक तीन खेलको टी–२० सिरिज खेल्न लागिरहेको नेपाल ऐतिहासिक प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। युएईको शारजाहमा हुने पहिलो खेल नेपाली समयअनुसार साँझ ८:१५ बजे सुरु हुनेछ।

‘युनिटी कप अन्तर्राष्ट्रिय टी–२०’ नाम दिइएको यस सिरिजमा नेपालले दुईपटकको विश्वविजेता वेस्टइन्डिजसँग खेल्दै नयाँ मानक कायम गर्ने प्रयास गर्नेछ। तीन खेलको यो सिरिजअन्तर्गत नेपालले दोस्रो खेल १३ असोजमा र तेस्रो खेल १४ असोजमा खेल्ने तालिका छ।

यस सिरिजपछि नेपाल विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट खेल्न ओमान जाने कार्यक्रम रहेको छ। सो प्रतियोगिताको तयारीका रूपमा पनि यो सिरिजलाई महत्त्वपूर्ण मानिएको छ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले वेस्टइन्डिजविरुद्धको सिरिज जित्ने उद्देश्यसहित खेल्ने बताएका छन्। “अहिले देशको अवस्था त्यति राम्रो छैन। यस्तो अवस्थामा जनतालाई खुसी दिनु हाम्रो टोलीको जिम्मेवारी हो,” उनले भने, “हामी सबै १५ खेलाडीमाथि ठूलो जिम्मेवारी छ। यो सिरिजले विश्वकप छनोटतर्फ हाम्रो यात्रा बलियो बनाउने विश्वास लिएका छौं।”

नेपाली टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, साहब आलम।

वेस्टइन्डिज टोली:
अकिल हुसेन (कप्तान), फबिएन एलेन, जवेल एन्ड्र्यु, एकिम अगष्ट, नविन बिडाइसे, जेडिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, अमिर जांगो, कायल मेयर्स, ओबेद म्याककोय, जिशान मोतरा, रामोन सिमन्ड्स, शमार स्प्रिंगर।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?